काठमाडौंः प्रतिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन स्थानहरुमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र कांग्रेसले उम्मेदवारीको टुंगो लगाएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, समाजवादी पार्टी र राजपाबीच संयुक्त उम्मेदवारी दिने सहमति भएको छ । बिहीबार उम्मेदवारी दर्ताअघि उनीहरुले नाम टुंगो लगाउने छन् ।

भक्तपुरमा नेमकिपाले पनि बिहीबारै टुंगो लगाउने जानकारी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारको मनोनयनपत्र दर्ता र अन्य तयारीहरु पूरा भइसकेको बताए ।

 


प्रकाशित मितिः बिहीबार, कार्तिक २१, ०६:१८