काठमाडौंः प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने भएको छ। स्वास्थ्य मन्त्रालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृहमन्त्रालयले सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन तयार भएका हुन्।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसँग परामर्श गरेपछि सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध गर्न पत्राचार गरिएको उनका स्वकीय सचिव राजेश शर्माले जानकारी दिए।

विज्ञहरुका अनुसार धूम्रपानले ब्रेनमा केही सेकेन्डभित्रै र रगतमा केही मिनेटमै असर छोड्ने र दीर्घकालीन रुपमा धूम्रपानको बहुअसर देखिन्छ।


। पछिल्ला दिनमा मुटु, ब्रेन, फोक्सो र क्यान्सर रोगले प्रकोपको स्वरूप लिँदै जानुमा प्रमुख कारण धूम्रपान भएको चिकित्सकहरु बताउँछन्।

उनका अनुसार मन्त्रालयले दुई दिनअघि दुवै निकायलाई पत्रचार गरेको छ। मन्त्रालयका तर्फबाट शाखा अधिकृत कृष्णप्रसाद शर्मा सुवेदीले हस्ताक्षर गरेको पत्रमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरी बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाउन र सोको कार्यान्वयन एवं अनुगमन गर्न अनुरोध गरिएको छ।

मन्त्रालयले कानुनअनुसार स्वास्थ्य मन्त्रालय परिसरभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरण, ओसारपसार र प्रयोग बन्देज लगाएको र सो व्यवस्था कार्यान्वयन भएको समेत उल्लेख छ। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।