काठमाडौंः गायक प्रमोद खरेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

खरेलको आवाजमा रहेको ‘तिम्रो मेरो’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कैलास मैनालीको शब्द र राज कुमार बगरको संगीत रहेको गीतको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ ।

साहष शाक्यले संगीत संयोजन गरेको गीतको सम्पादन राजेश कुमार ले गरेका छन् ।

भिडियोमा अमन श्रेष्ठ र नायिका जुना सुन्दासको अभिनय देख्न सकिन्छ । करण चैसिरले छायांकन गरेको भिडियोलाई बविता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी छन ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः मंगलबार, मंसिर २४, १०:४४