काठमाडौंः लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली कला संस्कृति, रितिरिवाजसँगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर रहेको गीतमा दीपक शर्माको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ । गीतको भिडियोमा टिकटकका सर्वाधिक हिट जोडी प्रिज्मा, प्रिन्सी खतिवडा र नाजिर हुसेनको अभिनय रहेको छ ।

भिडियोमा नबराज उप्रेतीले छायांकन नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी र जीवन रसाईलीको निर्देशन रहेको छ ।

पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसँगै मौलिकपना झल्किने नेपाली गीत संगीतलाई युवाहरुले भुल्न थालेको र पाश्चात्य संस्कृति हावी हुदै जान थालेकाले नेपाली संगीतको संरक्षणका लागि यो म्यूजिक भिडियो सहितको गित बजारमा ल्याएको भिडियो निर्माता ब्लेक ब्रोस इन्टरटेनमेन्टको भनाइ छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल असोज ३० शुक्रबार, १६:०६