काठमाडौं: प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन विभागिए टिम नेपाल पुलिस र प्रदेश एक विजयी भएका छन । पुलिसले प्रदेश ७ लाई एक सय ७४ रनले हरायो भने प्रदेश एकले प्रदेश दुईलाई ६८ रनले पराजित गर्यो ।

किर्तीपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाउदै तीन सय २४ रन बनायो । उसका लागि सुनिल धमलाले ८३ रन बनाए भने आरिफ शेखले ५७ तथा कप्तान मञ्जित श्रेष्ठले ४९ रनको योगदान गरे ।

जवाफमा प्रदेश सात ३७ ओभरमा सात विकेट गुमाउँदा एक सय ३० रनमा रोकियो । बर्षा कारण खेल प्रभावित भएपछि ३७ ओभरमा झारेर प्रदेश सातले तीन सय पाच रनको नया लक्ष्य पाएको थियो ।


यस्तै मुलपानी मैदानमा भएको खेलमा प्रदेश एकले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा सात किकेटको क्षतीमा २ सय २३ रन बनायो । उसका लागि सुदिप ढुंगानाले ५१ रन बनाउदा फिधोस अन्सारीले ३७ र श्रवण यादवले ३४ रनको योगदान गरे । बलिङ तर्फ संसद शेखले चार विकेट लिए ।

जवाफमा प्रदेश दुई ३० ओभरमा एक सय ४५ रनमा अलआउट भयो । बर्षाका कारण ३४ ओभरमा झारीएको खेलमा प्रदेश २ ले दुई सय १४ रनको नयाँ योगफल तयार पार्यो । उसका लागि हरिशंकर शाहले ४४ रन बनाउदा राहुल प्रताप सिंहले २२ रन जोडे । यस्तै कुन्दन सिंहले १६ रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए ।