काठमाडौं: प्रधानमन्त्री कप  क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लवले प्रदेश ७ लाई ३२५ रनको लक्ष्य पेश गरेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले उत्कृस्ट ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा  ६ विकेट गुमाएर ३२४ रन बनाएको छ ।

ब्याटिङमा पहिले उत्रेका सुनील धमला र दिलिप नाथले १८.३ ओभरमा ९२ रनको साझेदारी गरेका थिए । खेलमा दिलिप नाथले  २७, दिपेन्द्र सिंह ऐरीले २५, कुशल भुर्तेलले २२, सुनील धमलाले ८३, आरिफ शेखले ५७, सिद्धान्त लोहनीले २६ र कप्तान मञ्जित श्रेष्ठले ४९ रन बनाएका थिए ।


बलिङतर्फ प्रदेश ७ का शेर मल्लले २ विकेट लिँदा सागर भण्डारी, सुरेन्द्र चन्द र सन्तोष भट्टले एक एक विकेट लिए । जवाफमा प्रदेश ७ को स्कोर ३७ रनमा ५ विकेटको अवस्थामा भारी बर्षा भएपछि खेल रोकियो ।

आजकै अर्को खेलमा मूलपानी मैदानमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई २२४ रनको लक्ष्य दिएको छ । प्रदेश नम्बर १ ले टस जितेर पहिले व्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २२३ रन बनाएको छ । प्रदेश १ का लागि सन्दीप ढुंगानाले ५१ रन बनाए । यसैगरी फिर्दोश अन्सारी र श्रवन यादबले ३७ र ३४ रन जोडे । प्रदेश २ का शेखले ४, मेहबुब आलमले २ तथा हरिनारायण साहले १ विकेट लिए । २ सय २४ रनको लक्ष्य पछ्याउने प्रदेश नम्बर २ को खेलमा पानि बर्षाका कारण रोकिएको छ । ६७ रनमा ६ विकेटको अवस्थामा पानिले खेर रोकिएको हो ।