काठमाडौंः गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको सुमधुर स्वरमा नयाँ गीत ‘फूल राम्रो’ सार्वजनिक भएको छ ।

गीतकार कृष्ण के. सी. को शब्द तथा संगीत र सुनिल परियारको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र सम्झना खत्रीको अभिनय रहेको छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र रुपेश खड्काको सम्पादन रहेको छ ।

अनिल के. सी. को प्रस्तुती रहेको भिडियोलाई यसअघि पनि धेरै राम्रा राम्रा म्युजिक भिडियोहरु निर्माण गर्दै आइरहेको आफ्नो मन च्यानलले निर्माण गरेको हो । भिडियोलाई सार्वजनिक भएको केहि समयमै दर्शकको राम्रो प्रतिक्रिया आएको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल फागुन २२ गते शनिबार, ०८:०१