काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग महिनाको पहिलो हप्ता प्रश्न र उत्तर गर्ने परम्परा सञ्चालनको लागि ध्यानाकर्षण गराएको छ ।

आइतबार संसदको बैठक शुरु हुनै लाग्दा नेपाली कांग्रेसका सांसद् एवम् नेता डा. मीनेन्द्र रिजालले प्रतिनिधिसभा संञ्चालन नियमावली ५६ को व्यवस्था अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था तत्काल लागू गर्न ध्यानाकर्षण गराएका हुन् ।

‘संसद नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो बैठकमा प्रधानमन्त्रीसँग संसदमा सांसदहरूले प्रत्यक्ष रुपमा प्रश्न र उत्तर गर्ने व्यवस्था छ’, उनले भने, ‘सभामुखले संसदको बैठक स्वविवेकीय आधारमा चलाउन पाइँदैन ।


।’

नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्न र उत्तरको विषयलाई उठाएपछि सभामुख कृष्णबहादुर महराले सो विषयमा सरकार तथा प्रधानमन्त्रीसँग समन्वय गरेर उपयुक्त व्यवस्था गर्ने बताएका थिए ।