धनगढीः जंगलको बीचमा भत्किनै लागेको झुपडी छ । टाढैबाट हेर्दा गरिबीले गाँजेको कुनै परिवारको बासस्थान जस्तो देखिन्छ ।

जस्तापाताले छाएको छ । भित्ताको माथिल्लो भाग खोक्रिएको छ । पुरानो झ्याल छ । चौखट मात्रै लगाएको पल्ला बिनाको ढोका छ । समग्रमा एकै कोठाको ह्वांग परेको घर छ ।

यो घर, लालझाडी गाउँपालिका वडा नं. २ पचुवास्थित २०६४ मा स्थापना गरिएको ‘ख’ वर्गको इलाका प्रहरी कार्यालय शंकापुरको कार्यालय हो ।

प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको यो इलाका प्रहरी कार्यालयमा २३ जनाको दरबन्दी छ । तर हाल ८ जना मात्रै कार्यरत रहेको प्रहरी सहायक निरीक्षक शंकर विष्टले बताए ।


। उनका अनुसार हाल प्रहरी नायव निरीक्षक प्रेमसिंह विष्टको कमाण्डमा ८ जनाको टोली लालझाडी गाउँपालिकाको सुरक्षामा खटिएको छ । यो समाचार आजको कारोबारले दोस्रो पृष्ठमा छापेको छ  ।


प्रकाशित मितिः बिहीबार, असोज १६, ०७:२२