धनुषाः सुरक्षाकर्मीले सावधानी नअपनाउँदा क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरस्थित एक घरमा शुक्रबार मध्यराति बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ।

विस्फोटबाट घाइते घरधनी ४५ वर्षीय राजेश भनिने राजेश्वर साह र उनका जेठा छोरा १० वर्षीय आनन्दकुमारको तत्काल घटनास्थलमै र सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचार क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

विस्फोटबाट राजेश्वरका कान्छा छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिझनाथ महतो गम्भीर घाइते भएका छन् । उनीहरुको प्रतिष्ठानमा उपचार भइरहेको छ ।


। अर्का घाइते भिखारी साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनी राजेश्वरका बुबा हुन् ।

घटनामा राजेश्वरकी अर्की छोरी निक्की पनि घाइते भएकी छन् । राजेशकी आमा रामरतीदेवी र पत्नी मिथिला (अञ्जु) आँगनमा भएकाले जोगिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०७:२०