काठमाडौंःइलाका प्रहरी कार्यालय बनेपाले दुई हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपा र स्थानीय जनप्रतिनिधिको रहोबरमा संकलित मदिरा आइतबार पुन्यमाता खोलामा बगाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीको सक्रियतामा बनेपाको विभिन्न ठाउँबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको तिमल्सिनाको बताए ।

मदिरा नष्ट गर्न बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शेरबहादुर सुवाल, वडा नम्वर १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्का, समाजसेवी, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।


मदिराको कारण हुनसक्ने हिंसात्मक घटना न्युनीकरण गर्न नष्ट गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।


प्रकाशित मितिः मंगलबार २९ पौष, ०७:४५