मोरङः प्रहरीलाई दूर्व्यवहार गरेको अभियोगमा विराटनगर महानगरपालिका–१८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष कामले को २३ प २११६ नम्बरको मोटरसाइकलमा आएका २ जना प्रहरी कर्मचारीहरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दूर्व्यवहार गरेपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन ६ गते बिहीबार, १६:२७