काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले नेपाल प्रहरीले मनाउँदै आएको बडादशैंका अवसरमा आज प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाए । साथै उनले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे ।

पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा उपस्थित महानुभावहरुलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, १४:४८