अर्घाखाँचीः छत्रदेव गाउँपालिका–८ अर्घातोष हटिया बजारस्थित प्रहरी चौकी अर्घातोषको नवनिर्मित भवन उद्‍घाटन गरिएको छ ।

सोमबार आयोजित एक कार्यक्रमबीच नवनिर्मित भवन उद्‍घाटन गरिएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयको सक्रियता एवं समन्वयमा छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका वडा नम्बर १ र २ को आर्थिक सहयोग र जन श्रमदान तथा प्रहरी श्रमदान सहयोगमा कुल २४ लाख १६ हजार रुपैयाँको लागतमा ६ कोठे ट्रस मोडलको भवन निर्माण भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, जेठ २०, २०:५६