नुवाकोटः जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत प्रहरी चौकी झिल्टुङ नुवाकोटको नवनिर्मीत भवनको आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले मंगलबार उद्घाटन गरेका छन् ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको १ करोड ८२ लाख ३५ हजार ३७४ रुपैयाँ ३३ पैसा सहयोगमा प्रहरी चौकी निर्माण भएको हो ।

नव निर्मित भवनमा कार्यालय, भान्सा र शौचालय भवन रहेका छन् ।


कार्यक्रममा भवन निर्माण सम्बन्धी संक्षिप्त प्राबिधिक प्रतिवेदन प्रहरी निरीक्षक ईन्जिनियर बिमल श्रेष्ठले गरेका थिए ।

मन्त्री जम्कट्टेलले भवनको निरीक्षण गर्नुका साथै उक्त भवन निर्माणमा निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरु, भवन निर्माण कार्यमा सहयोगी भुमिका निर्बाह गर्ने ब्यक्तिहरु, भवन निर्माण कम्पनी लगायतलाई सम्मान स्वरुप प्रंशसापत्र प्रदान गरेका थिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १२:५२