बुटवलः पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको निधन भएको छ ।

यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार हुँदाहुँदै शुक्रबार निधन भएको हो ।

दुर्घटना लगत्तै मणिग्राममा रहेको क्रिमसन अस्पतालमा भर्ना गरि उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौं लगिएको थियो ।

खनाल लामो समयदेखि ट्राफिक प्रहरीको रुपमा बुटवलमा कार्यरत थिए । उनीले एक कुशल र सक्षम प्रहरीका रुपमा आफ्नो छवी बनाउँदै आएका थिए ।

आफैँले चलाएको स्कारपियो गाडी बुटवल धागो कारखाना नजिकै बसमा ठोक्किएपछि दुर्घटनामा परेको थियो ।