काठमाडौँ: प्रहरी नियन्त्रणमा रहेका एक सैनिक जवानको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु भएको हो ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा अभद्र व्यवहार गरेपछि प्रहरीले कँडेललाई पक्राउ गरेको थियो । अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका उनी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा गम्भीर घाइते भएका थिए ।

घाइते कँडेललाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले सडकमा बार हालेर अवरोध गरेका छन् ।


। सडक खुलाउने प्रयास भइरहेको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन् ।


प्रकाशित मितिः मंसिर १, आइतवार, १३:५०