काभ्रेः कोरोनाको त्रासमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको सक्रियतामा सार्वजानिक रुपमा मास्क बितरण गर्न सुरु गरेर सामाजिक काममा जोड् दिन थालेका छन् ।

बनेपा ईलाका प्रहरी कार्यालयमा प्रमुख भएर आए संगै प्रहरी निरीक्षक तिमिल्सिनाले सामाजिक कामहरुमा जोड्दिदै आएका छन् । उनकै पहलमा बनेपाको मुख्य बजार चारदोबाटोमा आईतबार देखि निशुल्क रुपमा सर्वसाधरणलाई मास्क र जानकारी मुलक पर्च बितरण गर्न सुरु गरिएको छ । बजारमा सजिलै मास्क पाउन छाडेपछि प्रहरीको सक्रियतामा सर्वसाधराणले मास्क पाउन थालेपछि धेरै जसो सर्वसाधरण खुशि भएका देखिन्छ ।


ईलाका प्रहरी कार्यालय बनेपाको प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको पहलमा सर्वसाधारणहरुमा नोभल कोरोना भाईरसका बारेमा जानकारी गराउँदै सचेतना अभियान संचालन संगै मास्क बितरण गरेर कोरोना भाईरसका लक्षण र बच्ने उपायका बारेमा पर्चा वितरण संगै स्थानियहरु लाई सचेतना दिनका छन् ।

अहिले मुख्य रुपमा देशमै हल्लामा रहेको कोरोनाको बिषयमा नागरिकहरुलाई सचेत गराउने उदेश्यले पर्चा र मास्क वितरण गरिएको प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

समाजलाई स्वास्थ्य तर्फ जोड् दिदै सबैलाई आमरुपमा कोरोना बारे सचेतना दिनको लागि यस्तो कार्यक्रम राखिएको तिमिल्सिनाले बताए । निशुल्क मास्क बितरण संगै बनेपा हेल्थ केयरको सहयोगमा निशुल्क सुगर र प्रेसर जाँच समेत गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।


प्रकाशित मितिः मंगलबार ०४ चैत्र,, ०८:२५