काठमाडौंः बेरुजु फर्छ्योटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरेको छ ।

मन्त्रालयमा बिहीबार एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले खनाललाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन् ।

मन्त्रालयले खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।

यसैगरी, बेरुजु फर्स्योटमा उत्कृष्ट काम गरेको भन्दै मन्त्रालयले अन्य ८ जनालाई पनि पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा गृह सचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेललाई जनही १० हजार नगदसहित पुरस्कृत गरिएको गृह मन्त्रालयले जनाएको छ ।


गृहका तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख (उपसचिव) शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई जनही ८ हजार नगदसहित पुरस्कृत गरिएको हो ।


प्रकाशित मितिः बिहीबार, पुस १७, १५:२२