काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्रले खनाले संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

खनालले संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीहरुसँग राष्ट्रसंघको प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता गरेको नेपाल प्रहरीले जनाएको छ ।

महानिरीक्षक खनाल संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोश्रो सम्मेलन–२०१८ मा भाग लिन न्यूयोर्क पुगेका हुन् ।