काठमाडौंः नेपाल प्रहरीका प्रहरी हवल्दार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई ८ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण गर्छु भनेर सेवाग्राहीसँग घुस लिएको लिदै गर्दा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, पुस ११, १६:०३