काठमाडौं: राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले प्राविधिक शिक्षालाई व्यापक बनाउनुपर्ने बताएका छन् । रामेछाप घर भइ उपत्यकामा रहेका युवाहरूलाई सम्बोधन गर्दै ढुङेलले, “युवा परिषद्ले प्राविधिक शिक्षा लिएका हरुलाई संकलन गरेर सबैलाई योग्यता र क्षमता अनुसार उचित स्थानमा स्थानान्तरण गरिने बताएका छन् ।” उनले भने,” यो कार्य रामेछाप जिल्लाबाट सुरु भएको छ र यसलाई  ७७ वटै जिल्लामा चरणवस लगिनेछ” ।

सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना साकार गर्न युवा परिषद लागिरहेको र प्रत्येक नेपाली युवाहरुलाई उत्पादन सँग जोडिनुपर्ने उनको तर्क थियो  ।