काठमाडौंः प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ ।

उक्त प्रणालीको प्रभावले काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन शुरु हुनुपूर्वको अवस्था (मनसुन सिनारियो) हो । मनसुन शुरु हुने संघारमा रहेकाले प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ ।

मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ ।


। पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ ।

सामान्यतः मनसुन शुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन शुरु हुन्छ तर हरेक वर्ष यसमा केही दिन फरक हँदै आएको छ । पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ ।