काठमाडौंः बिहान ६ बजे विद्यालय जाँदैगर्दा एसिड आक्रमणमा परेपछि गम्भीर घाइते भएकी वीरगञ्ज–३ छपकैया निवासी मुस्कान खातुनलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको हो ।

उनको अनुहारको आधा भाग, निधार, शरीर, छाती, हातखुट्टा आदि भाग जलेका छन् ।

यसैबीच तेजाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँ पक्राउ परेका छन् । पक्राउ परेका उनले प्रहरीलाई प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरिएको बताइएको छ ।


मजिद आलमले मुस्कानुलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएको संसादले बयानमा बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार घरबाट विद्यालय जान लागेकी ती छात्रामाथि गणेशमान चोकनजिकै दुई युवकले आक्रमण गरेका थिए।


प्रकाशित मितिः शुक्रबार, भदौ २०, १७:२४