काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली कांग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताएका छन् ।
नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको अर्को पर्याय प्रेस भएको बताउँदै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे कांग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेतावनी दिएका हुन् ।
उनले चुनावमा कसैले जित्नु र हार्नु स्वाभाविक भएको बताउँदै कांग्रेस पराजयलाई रचनात्मक धक्काका रुपमा स्वीकार्दै पार्टीको सुदृढीकरण र नवनिर्माणका लागि अगाडि बढ्ने बताए ।
।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कहीँ कतैबाट प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य देखिएमा सिंगो कांग्रेस सडकमा उत्रने बताए । उनले लोकतन्त्र, समावेशिता, संघीयता र नयाँ संविधान कार्यान्यनका पक्षमा कांग्रेस सदैव क्रियाशील हुने बताउँदै ट्रेड युनियनलाई बचाउन युनियन सदैव क्रियाशील हुनुपर्ने धारणा राखेका थिए ।
उक्त कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांङ्क कोइराला, नेपाल पत्रकार महासंघका उपसभापति विपुल पोखरेल, नेपाल टेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, दीपक आचार्य, अजय शिवाकोटी, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । रासस
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook