काठमाडौँः बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् ।

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना प्रकाशित गरी यस्तो व्यवस्था गरेको हो ।

‘डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार डा.दिलीप शर्मा भन्छन्, ‘अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानुनी दायरामा पर्ने सम्भावना रहन्छ ।


।’

बिरामीको चाप बढी भएकाले हतारमा नबुझ्ने गरी औषधि लेखियो भन्न नपाइने उनले बताए । कान्तिपुरमा दैनिकमा खबर छ ।