काठमाडौंः फिल्म ‘फटाह फणिन्द्रे’ मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् ।

निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार एग्रिमेन्ट भएको जानकारी गराए ।

यस अगााडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुस्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत छानिएका थिए ।

फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनले संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । सुनिल मानन्धर प्रस्तुकर्ता रहेको फिल्मको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र बिष्ट रहेका छन् ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछाने र कबिराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहनेछ ।


उत्तम के.सी.को कथा रहेको फिल्ममा पट्कथा, संवाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको फिल्म चैत्रको पहिलो साताबाट छायांकनमा निस्कदैछ ।


प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १४:५२