काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम पाँचौं स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बर्नलीमाथि ५–० को फराकिलो जित दर्ता गर्दै टोटनह्याम २३ अंकसहित पाँचौं स्थानमा उक्लिएको हो ।

टोटनह्यामका लागि कप्तान ह्यारी केनले दुई तथा लुकास मौरा, ह्युङ मिन सन र मौसा सिसोकोले एक एक गोल गरे ।

खेलको चौथो मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा मौराले गोल गर्दै टोटनह्यामलाई दोब्बर अग्रता दिलाए । ३२ औं मिनेटमा मिन सनले गोल गर्दै टोटनह्यामलाई ३–० को अग्रता दिलाए ।

५४ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ४–० को अग्रता दिलाए ।


। ७४ औं मिनेटमा सिसोकोले गोल गर्दै टोटनह्यामलाई लाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै टोटनह्याम २३ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । बर्नली १८ अंकसहित १३औं स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २२, ०९:३५