काठमाडौंः नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।
आफ्नो समूहले आयोजना गरेको हड्ताल सफल पार्न आज ललितपुरका सडकमा नाराबाजी गर्न पुगेका प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरु, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए ।
उनले फागुन पहिलो साताबाट हुने संयुक्त आन्दोलनले लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातिलाई बढार्ने चेतावनी पनि दिए ।
सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको उनले बताए ।
।
संसद विघटन र संवैधानिक निकायमा भएको नियुक्तिको सबैले विरोध गरेको भन्दै प्रचण्डले अब अझ सशक्त आन्दोलन हुने बताए ।
प्रकाशित मितिः २०७७ साल माघ २२ गते बिहीबार, १२:१६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook