काठमाडौंः फिफा बरियतामा नेपाल ३ स्थान माथि उक्लिएको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको बरियतामा नेपालले ३ स्थान सुधार गर्दै १६१ औं स्थानमा उक्लिएको हो ।

विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ भने ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगल चौथो, अर्जेन्टिना पाँचौं, स्विट्जरल्याण्ड छौटौं, फ्रान्स सातौं, पोल्याण्ड २ स्थान माथि उक्लँदै आठौं स्थानमा, दक्षिण अमेरिकी राष्ट्र चिली नवौं स्थानमा छ भने स्पेन दुई स्थान तल झर्दै दशौं स्थानको वरीयतामा रहेका छन् ।

बिहीबार सावर्जनिक भएको बरीयतामा दक्षिण एसियामा भारत ९७ स्थानमा रहेको छ ।


। त्यस्तै, माल्दिभ्स १५० स्थानमा छ भने नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ ।

त्यस्तै, भुटान १८३, बंगलादेश १९४, श्रीलंका २०० र पाकिस्तान २०१ स्थानमा छन् ।