काठमाडौंः रसियामा हुन लागेको फिफा विश्वकप २०१८ आज वेलुकाबाट सुरु हुँदैछ ।

विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा आज औपचारिक उद्घाटनसँगै सुरु हुनेछ ।

विश्वभर फुटबलको उमंग र उल्लास बढेको छ । योसँगै नेपालमा पनि यसको रौनक देखिएको छ ।

विश्वकपको रौनक बढेसँगै नेपालमा आफु समर्थक देशको जर्सी लगाउने देखि कुन देशले जित्छ ? कुन खेलाडि कस्ता ? जस्ता प्रसङ्गहरु चोक चोकमा बढेका छन् । देश र खेलाडि अंकित जर्सीले यो समयमा बजार पाएको छ ।

केहि घण्टाको प्रतिक्षापछि सुरु हुन लागेको विश्वकपमा नेपालका दर्शकले कसरी र कुन–कुन च्यानबाट हेर्ने भन्ने कुरामा चिन्तित हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन ।


नेपालमा प्रसारण हुने विभिन्न अन्र्तराष्ट्रिय खेल च्यानहरुसँगै नेपालका च्यानलहरुले पनि विश्वकप फुटवल प्रत्यक्ष प्रसारण गर्दैछन् । नेपालको सरकारी च्यानल नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिशहोम एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लसद्वारा सहज रुपमा हेर्न सक्नुहुनेछ ।

फुटबलको उन्माद संसार भरी बढिरहेको यस समयमा फिफा विश्वकप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हब प्रा. लि. ले नेपाली फुटबल फ्यानहरुका लागि ४ नेपाली च्यानलहरुमा विश्व कप प्रसारण गर्ने भएको छ ।