फिल्म निर्माता देखि प्रेस सञ्चालक सम्म समातिए: २ करोड ६० लाख ६३ हजार नक्कली नोट काण्डमा







काठमाडौंः प्रहरीले ठूलो परिणाममा नक्कली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।

खाजा खाएर बिल तिर्ने क्रममा नक्कली नोटको आशंकामा होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि महेन्द्र बोगटी पक्राउ परेको र उनको वयानको आधारमा अन्य ५ जनालाई क्रमश पक्राउ गर्दै गएको जनाइएको छ ।

पक्राउ पर्नेहरुमा चलचित्र निर्माता माधवराज वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ, दिकेश नापित र प्रकाश सुवेदी रहेका छन्। उनीहरुलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ गरिएको हो । वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद


भएको थियो भने सुजित तामाङ र साजन तामाङको कोठामा खानतलासी गर्दा प्रहरीले ७ लाख ४३ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरुबाट २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन कुमार थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार, नक्कली नोट होटल रेष्टुराँमा पैसा तिर्न, जुवा खेल्दा तिर्न, यौनकर्मीलाई दिन, लागू औषध कारोबारीमार्फत् सक्कलीमा मिसाएर होटलररेस्टुराँको बिल तिर्दा, यौन बजारमा तथा लागू औषध दुर्व्यसनका क्षेत्रमा प्रयोग गर्दै आएको खुलेको छ ।

काठमाडौंको बागबजारमा रहेको नवज्योति प्रिन्टिङ प्रेसका सञ्चालक चाबहिल बस्ने धादिङका प्रकाश सुवेदीले भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक भक्तपुरका विकेश नापितलाई नोट छाप्न दिएको समेत खुल्न आएको छ । नोट छाप्न प्रयोग भएको प्लेटसमेत प्रकाश सुवेदीको प्रेस नवज्योति प्रिन्टिङ प्रेसको कार्यालयमा ४ वटा प्लेट बरामद गरेको प्रहरीले जनाएको छ।




ताजा समाचार


विशेष समाचार