काठमाडौंः नाइजेरियाका एक खेलाडीको फुटबल खेल्दा खेल्दै मृत्यु भएको छ ।

नाइजेरियाका फुटबलर २२ वर्षे खेलाडी चिनिमी मार्टिन्सको आइतबार फुटबल खेल्दा खेल्दै मृत्यु भएको हो ।

नासारावा युनाइटेडका मार्टिन्स काट्सीना युनाइटेडविरुद्धको खेलको दोस्रो हाफमा मैदानमा लडेका थिए ।

मैदानमा अचेत बनेका उनलाई अस्पताल लगिएपनि डाक्टरले बचाउन सकेनन् ।

खेल्दा खेल्दै खेलाडीको मृत्यु भएपछि नाइजेरिया फुटबल फेडेरेसनले खेलमा औषधीको सुविधा अनिवार्य गर्न र खेलाडीको स्वास्थ्य जाचँ गर्न निर्देशन दिएको छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २७, ०९:५७