काठमाडौंः फुडमान्डु प्रा. लि.को अनलाइन फुड फेस्टिभल २०२० मा एन आई सी एसिया बैंक बैंकिङ साझेदार हुने भएको छ ।

बैंक साझेदारी भएसँगै अनलाइन फुड फेस्टिभल २०२० मा बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी क्यूआरमार्फत् भुक्तानी गर्दा ३० प्रतिशत छुट पाउन सकिने भएको छ ।

यो अफर पुस २१ गतेदेखि पौष २७ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

साझेदारी अनुसार बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।


प्रकाशित मितिः मंगलबार, पुस २२, ०९:२३