काठमाडौंः नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपि ग्यासको मूल्य भने यथावत् रहेको निगमले जानकारी दिएको छ ।


प्रकाशित मितिः मंगलबार, भदौ १६, २०७७, २१:२४