काठमाडौंः नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
पेट्रोल र डिजल/मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।
गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।
इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो ।
खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।
निगमद्वारा जारी विज्ञप्ति:
प्रकाशित मितिः २०७७ साल चैत २३ गते सोमबार, ०६:४५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook