
काठमाडौंः नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजल/मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२७ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ११० र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ८२ कायम भएको छ । यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।
खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।
निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ । जेठ २२ गते मात्र पेट्रोलियम पदार्थको बढाएको थियो ।
प्रकाशित मितिः २०७८ साल असार १० गते बिहीबार, २३:३०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook