काठमाडौंः केही दिनदेखि घटेको सुनचाँदीको मूल्य आज बढेको छ । मंगलबारको तुलनामा बुधबार बजारमा सुन ६ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

छापावाला सुन आज प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


प्रकाशित मितिः बुधबार, असोज १५, १०:५३