पोखराः कास्कीको पोखरामा रहेको फेवातालमा डुंगा दुर्घटना भएको छ ।

आज दिउँसो भएको उक्त डुंगा दुर्घटनमा ४ जनाको उद्दार गरिएको छ भने १ जना वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा रामेछाप बेथान घरभई भत्तपुर बस्ने बर्ष १८ का सुप्रिम लामा बेपत्ता भएको कास्की प्रहरीले बताएको छ ।

डुंगा दुर्घटनामा ५ जना फेवातालमा खसेका थिए ।

प्लस टुको पढाई सकेर उनीहरु पोखरा घुम्न आएका थिए । हराएका लामाको गोताखोरको प्रयोग गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।