काठमाडौंः अहिले औंठी लगाउने नयाँ तरिका चलेको छ । पहिला औंठी औंलामा लगाइन्थ्यो भने अहिले फेसनका पारखीहरूले औंलाको छालालाई छेडेर औंठी लगाउन थालेका छन् ।

शरीर छेड्ने कला पियर्सिङका रूपमा आएको यो फेसन पश्चिमी समाजमा अहिले तीव्र रूपमा फैलिरहेको छ ।

यसरी पियर्सिङ गरेर लगाएको औंठीका तस्बिरहरूलाई प्रयोगकर्ताले सामाजिक सञ्जालमा अपलोड गरेर व्यापक बनाउने प्रयास गरिरहेका छन् ।