काठमाडौंः विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटीःसोशलमा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन् ।

सो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्ने बताएको छ ।

अहिलेलाई उक्त सञ्जालमा सहभागी हुन चाहनेहरुलाई प्रतीक्षाको सूचीमा राखेर अन्यलाई निम्तो पठाउन आग्रह गर्ने वा चन्दा दिएर चलाउन पाउने व्यवस्था गरिएको छ ।

डब्ल्यूटीःसोशलले आफू समाचारमा केन्द्रित हुने र अनर्थक शीर्षक प्रयोगकर्ताहरुले नै सच्याउन सक्ने व्यवस्था गर्ने बताएको छ ।


यसको टाइमलाइनमा आफ्नो सञ्जालमा रहेका अन्य प्रयोगकर्ताले शेयर गरेका नयाँ समाचार सामग्री पहिला देखिनेछ ।

हाललाई यसको प्रयोगकर्ताहरुले मासिक १३ अमेरिकी डलर तिरेर यसका सबै सुविधा प्रयोग गर्न सक्छन् । बीबीसी


प्रकाशित मितिः मंगलबार, मंसिर ३, १२:२५