इलामः इलाममा सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लिम्बुले ‘इलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो’ भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात प्रहरीले शनिबार बिहान उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, वैशाख ७, १४:३१