काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन् ।
प्रधानमन्त्री कोपी शर्मा ओली र संघिय समाजवादी फोरमबीच भएको सहमती बमोजिम दुई मन्त्री आज सरकारमा सहभागी भएका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले सम्हालेका दुवै मन्त्रालयको जिम्मेवारी आज नवनियुक्त मन्त्रीहरुलाई दिइएको हो ।
नयाँ मन्त्री थप गरेसँगै ओली सरकारका मन्त्रीहरुको संख्या २४ पुगेको छ ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook