काठमाडौं: संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने टुङ्गो लागेको छ।

फोरम अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको छ। त्यसैगरी मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको जनाइएको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै दिउँसो ३ बजे शीतल निवासमा गर्ने तयारी छ।

हालै मात्र नेकपा र फोरमबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भएको थियो ।