काठमाडौंः नव गठित नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै संघीय समाजवादी फोरम सरकारमा सहभागि हुने भएको हो।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सहमतिको पहिलो बुँदामा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संशोधन गरी सम्बोधन गर्ने उल्लेख छ भने दोश्रोमा संघीय समाजवादी फोरम सरकारमा जाने उल्लेख छ।

यस्तो छ सहमति पत्र: