काठमाडौंः फोर्ब्सले सन् २०१८ को सबैभन्दा शक्तिशाली व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । अघिल्लो वर्ष चौथो नम्बरमा रहेका चिनियाँ राष्ट्रपति सि चिनफिङ पहिलो नम्बरमा परेका छन् । दोस्रो नम्बरमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । अघिल्लो वर्षको सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको लागि तेस्रो नम्बरमा झरेका छन् ।

यसअघि तेस्रो नम्बरमा रहेकी जर्मन चान्सलर एन्जेल मर्केल यस वर्षको सबैभन्दा शक्तिशाली महिलाको रुपमा रहेकी छिन् । समग्रमा उनी यस वर्षको चौथो सबैभन्दा शक्तिशाली व्यक्ति बन्न सफल भएकी हुन् ।


भारतीय प्रधानमन्त्री यो सूचीको नवौं स्थानमा रहेका छन् । यो सूचीमा फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोन १२ औं स्थानमा रहँदा सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्ग १३ औं स्थानमा रहेका छन् ।

फोर्ब्सले वर्षेंनी मानिसहरुको पहुँच, लोकप्रियताजस्ता मापनहरुको आधारमा सबैभन्दा शक्तिशाली व्यक्तिहरुको छनोट गर्ने गरेको छ ।