काठमाडौंः फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारदेखि नेपाली चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ ।

दीपेन्द्र लामाद्वारा निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन् ।

दीपकराज गिरीको पटकथा लेखन रहेको चलचित्रमा दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद रहेको छ ।


। विपिन मल्लको सम्पादन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी छ ।

राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको बिषयमा बनेको फिल्मले ‘छक्का पन्जा’ भन्दा फरक शैलीमा रहेको निर्माता/कलाकार दीपकराज गिरीले बताए ।


प्रकाशित मितिः शुक्रबार, असोज २४, १०:१३