काठमाडौंः आज शुक्रबारबाट देशभर तीन नयाँ नेपाली चलचित्रले प्रदर्शन सुरु गरेका छन् ।

आजबाट नेपाली चलचित्र ‘सरौतो’, ‘लभ यू हमेशा’ र ‘मखमली मखमली’ प्रदर्शनका आएका हुन् ।

‘सरौतो’

हरी हुमागाईंद्वारा निर्देशित चलचित्र ‘सरौतो’ मा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्की लगायतका कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

चलचित्र बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन रहेको छ ।


शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको निर्मात्री लक्ष्मीकुमारी तामाङ हुन् । श्री महर्जनले चलचित्र निर्माणमा सहकार्य गरेका छन् ।

‘लभ यु हमेशा’

भाष्कर प्रधानद्वारा निर्देशित चलचित्र ‘लभ यु हमेशा’ मा नवअभिनेत्री फिजा योन्जन, ऋचा सिंह, शिशिर राणा, गोपाल नेपाल, यशराज गराज, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रमा शिब ढकालको छायाँकन, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको द्वन्द्व रहेको छ । चलचित्र रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्न लागेका हुन् ।

चलचित्रका लेखक तथा निर्देशक भाष्कर प्रधान रहेका छन् ।

‘मखमली मखमली’

राजु गिरीद्वारा निर्देशित चलचित्र ‘मखमली मखमली’ मा जयकिशन बस्नेत, शुभेच्छा थापा, सविन बास्तोला, शारदा गिरी ‘कालीबूढी’, सुदर्शन आचार्य, बाल कलाकार सम्राट पोखरेललगायतका कलाकारको अभिनय रहेको छ ।

गीतकार सावित्रा चिलुवालले निर्माण गरेको चलचित्रमा वसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, रामेश्वर हुमागाईंको छायांकन र विनोद बमको सम्पादन रहेको छ ।