काठमाडौंः यूईएफए नेसन्स लिग फुटबलमा विश्व विजेता फ्रान्सले क्रोएसियालाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ ले पराजित गरेको हो ।

फ्रान्सका लागि केलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यानले एक एक गोल गरे । यस्तै, क्रोएसियाका लागि निकोला व्लासिकले एक गोल गरे ।

खेलको आठौं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा व्लासिकले गोल गर्दै क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए । ७९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए ।

जितसँगै लिग ‘ए’ ३ मा अपराजित रहेको फ्रान्स ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहँदा क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ ।



प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, ११:४०