काठमाडौंः फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले अघि सारेको नयाँ पेन्सन प्रणालीको विरोधमा फ्रान्समा दशकयताकै ठूलो हड्ताल भएको छ ।

पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले जनजीवन प्रभावित भएको छ । स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प छ । धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । राजधानी पेरिसमा हालसम्म ८७ जनालाई हिरासतमा लिइएको छ ।

सरकारले या त कामदारहरुलाई ढिला अवकाश दिने या तिनको पेन्सन कटौती गर्ने भएपछि उनीहरु हड्तालमा उत्रिएका हुन् ।

फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट रुष्ट छन् ।


। नयाँ प्रस्तावमा अवकासको उमेर बढाउने प्रस्ताव छ । तोकिएको समय भन्दा अगावै अवकास हुनेले कम रकम पाउने छ ।

पेन्सन सुधारको विरोधमा भइरहेको हड्तालमा शिक्षक, यातायातका कर्मचारीसँगसँगै प्रहरी, वकिल, अस्पतालका कर्मचारी, हवाई अड्डाका कर्मचारी र अन्य कामकाजी मानिसहरु समेत सहभागी छन् ।

यद्यपि फ्रान्समा निजी र सार्वजनिक क्षेत्रका कर्मचारीका लागि ४२ अलग-अलग पेन्सन स्किम लागू छ । उनीहरुको अवकासको उमेर हद र उनीहरुले पाउने सेवा सुविधा फरक-फरक छ ।

 


प्रकाशित मितिः शनिबार, मंसिर २१, ०९:०१